निराशाजनक विकास खर्चको जिम्मेवार को ? अर्थमन्त्री !

पोखरा- पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा नेपालमा ७० प्रतिशतभन्दा बढी विकास खर्च हुन सकेको छैन । हरेक वर्ष सरकारले निश्चित विकास खर्च गर्ने लक्ष्य राखेको हुन्छ । तर, लक्ष्यअनुरूपको उपलब्धि भने कहिले भेटाउन सकेको देखिँदैन । अघिल्लो आर्थिक वर्षमा ६१.१७ प्रतिशत विकास बजेट खर्च भएको थियो ।
यो आर्थिक वर्षको पहिलो ६ महिना बितिसक्दा पनि विकास खर्च २१.४ प्रतिशतमा सीमित छ । सरकारले किन विकास गर्न सक्दैन ? यसको जिम्मेवार अर्थमन्त्री हुनुपर्दैन ? भन्ने प्रश्नमा अर्थमन्त्री भइसकेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्री प्रत्यक्ष रूपमा जिम्मेवारी नहुने जिकिर गर्छन् । उनी भन्छन्, ‘अर्थमन्त्री नहुने भन्ने त प्रश्नै छैन । अर्थमन्त्री हुनैपर्छ । यद्यपि अर्थमन्त्री प्रत्यक्ष जिम्मेवार चाहिँ हुँदैन । किनकि ऊ पैसा दिने हो । काम अरूले गर्छन् ।’
पोखराको फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करणअन्तर्गत तेस्रो दिन ‘अर्थमन्त्री हुनुको अर्थ’ विषयक छलफलमा पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले अहिले पैसा छैन हामी दिँदै सक्दैनौँ भन्ने अवस्था भएको बताए ।
‘मेरो समयमा के भयो भने जुनसुकै मन्त्रालयका मान्छेहरूलाई मैले के भन्थे भने तपाईं पैसा माग्नुस् म जति पनि दिन्छु भन्थ्यौँ,’ उनले भने, ‘अहिलेको अवस्था कस्तो छ भने पैसा छैन हामी दिँदै सक्दैनौँ भन्ने अवस्था छ । तर, त्यस्तो भन्दाभन्दै पनि कतिपय खर्चहरू हुनै सकेनन् । ढिलो भो ।’
विकास खर्च कम हुनु लिस्टमका अक्षमता पनि भएको पाण्डेले उल्लेख गरे । बजेट खर्च कम हुनु लिस्टमका असक्षमता पनि हो । तपाईंले युरोपको विकास हेर्नुभयो भने डेमोक्रेसि आउनुभन्दा अगाडि नै विकास भइसकेको थियो । हाम्रो देशमा डेमोक्रेसी ल्यायौँ अनि विकासको कुरा गर्दैछौँ,’ उनले भने, ‘३० प्रतिशत सांसदहरूले मागेका पैसा दिऊँ । ७० प्रतिशत चाहिँ रणनीतिक योजनाहरूमा मात्रै पैसा लाग्ने कानुन बनाऊँ ।’
विकास खर्चमा सन्तुष्ट हुने अवस्था नरहे पनि निराशाजनक नभएको पूर्वअर्थमन्त्री वर्षमान पुन सुनाउँछन् । ‘१० वर्षअघि म अर्थमन्त्री हुँदा ५ खर्ब हाराहारी थियो बजेट । अहिले हाम्रो वार्षिक बजेट १७ खर्ब पुगेको छ । म अर्थमन्त्री हुँदा जिडिपी १९ खर्ब अहिले ५४ खर्ब पुगेको छ । निराशा मात्रै होइन । तथ्याङ्कले पनि बोल्छ की बढी राखेको छ,’ उनले भने, ‘तर, हामी खुसी छैनौँ । जति तिव्रतामा जानुपर्ने हो त्यो पुग्दो छैन भनिराखेका छौँ । तर, सबै सिद्धियो होइन ।’

बागलुङ र पर्वतमा साढे ९९ हेक्टरमा चक्लाबन्दी गरेर व्यवसायिक फलफूल खेती

तनहुँमा उद्योग दर्ता घट्यो

गाउँपालिका अध्यक्ष संरक्षक बनेर नागरिकता प्रदान

म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

मुस्ताङमा खोलाले बगाउँदा एक युवा बेपत्ता

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
_b8015joA1z_ezj2uyjyewmqg3lx0xdoeu0jtnuf6ps61uem81wsvttkkmpgl8fs3hfrljro_O4qOu7u3V7_e8imq85keww5podkspm6zxiztac8rdbihbcg1kvk2yg17wouyqoz9gpgadch.jpg)
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

प्रतिक्रिया