राइड बजाज पल्सर ‘एक सय एनएस राइड’ सकियो

काठमाडौँ- बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ । कम्पनीले १०० वटा बिरुवा रोप्ने उदेश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरूलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो ।
कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा एक सयभन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको छ ।
एक सयभन्दा धेरै एनएस ग्राहकहरू सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरू सहभागी रहेका थिए । उक्त कार्यक्रममा सहभागी सबै राइडरहरूले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा भाग लिएका थिए ।
विभिन्न खेलका विजेताहरूलाई कम्पनीले उपहारस्वरुप फुल हेलमेट प्रदान गरेको थियो । उक्त राइडमा ५० वर्षभन्दा बढि उमेर समहुका राइडरहरुको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको थियो । “१०० एनएस राइडर्सको एउटै उद्धेश्य” भन्ने मूल नाराका साथ आयोजना गरेको यो कार्यक्रम नेपालको सबैभन्दा ठुलो कम्यूनिटी राइड भएको कम्पनीले जनाएको छ ।
उनका अनुसार मोटरसाइकल विक्रेता कम्पनीले गरेको सम्भवत सबैभन्दा ठुलो राइड इभेन्ट १०० एनएस भएको छ । उक्त राइडमा सहभागीहरुले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिन कम्पनीलाई सल्लाह र सुझाव दिएका थिए भने कम्पनीले पनि आगामी दिनमा यस्तै कार्यक्रमलाई अझै परिष्कृत गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
_YhaacIz452_m0ddh3yoapm6y2xh18otsf1vioj0jf7z24nznpi4duefcqnhufbnvzfy3mqa_4asexAnAgd_ycizuvnkefjzmmmkvxzvrkvkriiju4odtvlhrcbllpjxinfh1vziirkenzxv.jpg)
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुल्ला

शीर्ष फोटोग्राफीहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने
_SV1nQtqBgg_kgfbqjmx8kfuowoqclaogyulessyaoswbg4jlewsgexg9sdlnkezxwg57tfw_MOzW6vft45_9cc2rpoonbmgh2kicxcas43m6fj0ns7opouunwwzxu5yc17xcahjmplj4pc3.png)
ट्रायम्फ नेपालले गर्यो बुटवलमा आधिकारिक सोरुमको शुभारम्भ
_ThhoiRRTRv_l6jqczw4qtxkvxzyhjdtvc8kucvr3dfj45pjcruvcnlkple6nemujagxynlg_asd0trgXQi_dlvvu0djuelp1abutlf8lziluqkgjtwhuu1nezgq8dhacduk3g1npfnqhpsl.jpg)
के बीवाईडी ईभी किन्ने यो उपयुक्त समय हो ? देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको …

यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध
_U0mZtDLcVW_bfmnatdlv7or8aih20ud1lkhhgstgkh6k0w8cvggbfdfccxv2yw58wrlvlk7_Q0ANh3rBKz_or0r5vedssl1txdc6blsc7llbiegwtygojefde1seh1evsmbbq6xwsqubxkt.jpg)
बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

प्रतिक्रिया