बारामा बोलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

बारा- बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पूर्व–पश्चिम लोकमार्ग अन्तरगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको हो। घाइते तीन जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिए।
घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। हालसम्म मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया