भागमा आएको मुख्यमन्त्री पद कांग्रेसले लिँदा महामन्त्रीहरूलाई किन टाउको दुख्यो ?

ललितपुर- नेपाली कांग्रेस महासमिति सदस्य उषा गुरुङले कोशीमा कांग्रेसको भागमा आएको मुख्यमन्त्री कांग्रेसले लिँदा केन्द्रीय नेतृत्वलाई किन टाउको दुखेको भन्दै प्रश्न गरेकी छन् ।
लतिपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रतिवेदनमाथिको छलफलमा बोल्दै उनले कांग्रेसको भागमा आएको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिनेहरूलाई किन कारबाही गर्न नसकेको भन्दै प्रश्न गरेकी हुन् । उनले महामन्त्रीहरूको प्रतिवेदन पनि एक भएर आउन नसकेको भन्दै आलोचना गरिन् ।
'नेपाली कांग्रेसको भागमा आएको मुख्यमन्त्री पद माओवादीलाई दिँदा किन कारबाही भएन ? प्रतिवेदन एक ठाउँमा अडिन सकेन,' उनले भनिन् ।
उनले हारेकाहरूलाई मात्र पटक-पटक पद दिने हो भने पार्टीभित्र न्याय र समानता कसरी हुन्छ भन्दै प्रश्न गरिन् । 'केन्द्रीय सदस्य पदमा मनोनित गर्नुछ भने महाधिवेशनमा भाग लिन नदिउँ न । केन्द्रीय समितिमा हार्ने अनि फेरि मनोनित ? यो मानमर्दन भयो न्याय अन्या छुट्याउनुपर्छ । यसको जवाफ दिनुपर्छ,' उनले भनिन् ।
उनले धर्म र जातको आगो लगाएर देश जलाउने काममा सांसदसमेत रहेका केन्द्रीय सदस्यहरू लागि परेको भन्दै आक्रोश पोखिन् । उनले देश एकल जात र धर्मको मात्र नभएको स्मरण गराइन् । साथै कोशी प्रदेको नामाकरणमा विषयमा पनि आपत्ति जनाइन् । उनले खोला र पहाड मात्र देश नभएको उल्लेख गरिन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया