बुधबार ०४ भदौ, २०८२
Wednesday, August 20, 2025

कांग्रेस महासमिति बैठकमा शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

फाइल फोटो

ललितपुर- नेपाली कांग्रेसको महासमिति बैठकमा नेता डा.शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने विषयमा उठान भएको छ। प्रतिवेदनमाथि छलफल गर्ने क्रममा रौतहटका शेख वकिलले यस्तो माग गरेका हुन्।  उनले मधेशका विकासका लागि कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आपत्ति पनि जनाए। 

 'नेताहरू ठूला ठूला कुरा गर्छन् मधेशको विकासको निम्ति केही बोल्दैनन्,' उनले भने, ' सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ। शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ ।'