स्कुल बसका चालकलाई पेस्तोल देखाएर दिए धम्की

चितवन- चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउँदै धम्की भएको छ ।
भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर धम्की दिएको हो ।
विद्यार्थीलाई घर पुर्याउने क्रममा बुधबार अपरान्ह ४:१५ बजेको समयमा भरतपुर महानगरपालिका- ८ सल्यानीमा अज्ञान व्यक्तिले स्कूल बसका चालकलाई पेस्तोल देखाएर धम्की दिएको हो ।
कालो रंगको गाडीमा आएका व्यक्तिले बसका चालकलाई पेस्तोल देखाएको सनराइज स्कूल स्रोतले जानकारी दिएको छ । बसमा केही विद्यार्थीसमेत थिए ।
गाडी फर्काउने क्रममा चालकसँग भनाभन भएपछि कारमा आएका व्यक्तिले स्टेरिङ समातिरहेका चालकलाई पेस्तोल देखाएको विद्यार्थीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र सिसिटिभी फुटेजको सहयोग लिन लागिएको बताए । एक अभिभावकले सामाजिक सञ्जालमा यो विषय हालेपछि घटना बाहिर आएको हो । घटनाको विषयमा विद्यालय प्रशासन र प्रहरी प्रशासनले खुलेर बोल्न चाहेका छैनन् ।

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

बागमतीका मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

सहरमा बस्नेलाई शिविरमार्फत सेवा !

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

प्रतिक्रिया