मिटरब्याज पीडितको समस्या समाधान गर्न आवश्यक पहल भइरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लघुवित्त र सहकारीका साथै मिटरब्याज पीडितको समस्या समाधान गर्न गम्भीर रहेको बताएकी छन् ।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सरकारले लघुवित्त र सहकारीका साथै मिटरब्याज पीडितका समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताएकी हुन् । उनले यसअघि पनि आयोग बनाएर नै मिटरब्याज पीडितको समाधानको प्रयास भइरहेको भन्दै बाँकी पीडितहरूको समस्या पनि समाधान हुने प्रतिबद्धता जनाइन् ।
व्यावहारिक रूपमा परेका समस्याहरूको यकिन गरेर समाधान गर्नैपर्ने उनको भनाइ छ । कानुनअनुसार प्रशासन कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर आएका समस्या समाधान गर्नका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले उल्लेख गरिन् ।
आफूहरूको समस्या समाधान भएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको अगुवाइमा देशभरका मिटरब्याज र लघुवित्त पीडितहरू काठमाडौँ आएका छन् । उनीहरूले लघुवित्त र वित्तीय संस्था खारेजीका साथै सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

साउन १६ लाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने सरकारको निर्णय

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

प्रतिक्रिया