सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा छिटै पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा छिटै पारित हुने बताएका छन् ।
२३ औं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपसमिति र समिति हुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारी भइरहेको र पीडितलाई न्याय हुने गरी कानुनको टुङ्गो लाग्ने बताएका हुन् । जनयुद्धका सहिदहरूलाई राज्यबाट दिइने सेवा सुविधा लगायतका सबै विषय विधेयकमा समेटिएको भन्दै प्रचण्डले सबैको न्यायोचित सम्मान हुने धारणा राखे ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएपछि सबैले गरेको बलिदानको उच्च मूल्याङ्कन हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी कुरा टुङ्गिएपछि जनयुद्ध दिवसको बिदा हुने विश्वास व्यक्त गरे ।.
उनले मजदुरहरू आन्दोलित नभएको भए मुलुकको परिवर्तन असम्भव रहेकाले मजदुर बलिदानी दिवसको निकै महत्व रहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया