तिमी जित्नु है

तिमी जित्छु भन् म हारिदिन्छु
तिमी खुशी छु भन्
म आफ्नै रहरहरू मारिदिन्छु
अधुरै रहेका ती सपनाहरूलाई
म बीचमै यति नै हो भन्दै टारिदिन्छु
भन् तिमी जित्छौ भने म हारिदिन्छु
मेरा ति रहरहरू पुन: एक पटक मारिदिन्छु ।।
मेरा असिमित सपनाका पाइलाहरू
म अन्तै सारी दिन्छु
भन् प्रिय
तिमी जित्छौ भने
म पुन: एक पटक हारिदिन्छु ।
सम्हालेर राखेका ति अतितका यादहरूलाई
तिमी जलाउ भन् म जलाइदिन्छु
ठक्कर खाइ बसेको यो जिन्दगीलाई
आफ्नै मोडमा चलाउ भन् म चलाई दिन्छु
तिमी हुन्छ मात्र भन्
म हाम्रा ति अपुरो सपनाहरू
सबै बागमतीमै सेलाइदिन्छु
हो तिमी जित्छु भन्
म हारिदिन्छु ।।
तिमी जितको शिखरमा पुग्छु मात्र भन्
म तिम्रो यात्रासम्मको भरिया बनिदिन्छु
भन् तिमी जित्छौ भने म सबथोक हारिदिन्छु
मेरो त के नै छ र
म भएका ति केही झिना आशहरू पनि मारिदिन्छु
भन् तिमी जित्छौ भने
म बारबार तिम्रै लागि हारिदिन्छु
प्रिय म हारेको अनि तिमी जितेको दिन
मेरो प्रेमले हारेको म आफैँ स्वीकारीदिन्छु ।

महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा : बसन्त चौधरीको उपन्यास ‘देवयानी’

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_8r4DdxPP6b_a829ysq9se1p9us94niefqv4rytirwgbr1qzvcydovvyvllc8v7b0yzxahr3.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

प्रतिक्रिया