'एक्स' लाई अझै पनि 'ट्विटर' किन भनिन्छ ?

काठमाडौँ- सन् २०२३ को जुलाई २३ मा सामाजिक सञ्जाल 'ट्विटर' परिवर्तन भएर 'एक्स' बन्यो ।
ट्विटरको नाम परिवर्तन भएको पनि डेढ वर्ष भइसक्यो, तर एक्सको मुख्य डोमेन नै 'ट्विटर डट कम' को रूपमा रहेको छ ।
'एक्स डट कम' खोले पनि यसले वास्तविक लिङ्क अर्थात ट्विटर डट कममै पुर्याउँछ ।
सिएनएनले जनाएअनुसार एक्सले आफ्ना ग्राहकहरूलाई पनि इमेल पठाउँदा एक्ससँगै (फर्मली ट्विटर) भनेर लेख्ने गरेको छ ।
एक्सका अर्बपति मालिक एलन मस्कले ट्विटरलाई एक्स बनाएपछि ट्विटर ब्रान्ड तथा यसको लोगोलाई बिदाइ गर्ने बताएका थिए ।
तर, ट्विटर परिवर्तन भएर एक्स बने पनि तथा ट्विटरको चरा हटाइए पनि ट्विटरको ब्रान्डलाई भने मस्कले बिदाइ गर्न सकेका छैनन् ।
अनलाइन तथा व्यक्तिगत रूपमा कुरा गर्ने क्रममा अधिकांश मानिसहरूले अझै पनि ट्विटर नै भन्ने गरेका छन् ।
सिएनएनले विज्ञहरूलाई उदृत गरेअनुसार मानिसहरू दोधारमा नपरोस् भनेर पनि ट्विटरको नाम लिन बाध्य भएका हुन् । अझ डिजाइन र ब्रान्डिङको मनोविज्ञानले पनि यसमा असर गरेको हुन सक्ने बताइएको छ ।
खासमा ट्विटर सन् २००६ को जुलाई १५ मा सार्वजनिक भएको थियो र केही वर्षमै यसले आफ्नो ब्रान्डलाई विश्वव्यापी रूपमा परिचित गराउन सफल भयो ।
ब्रान्ड कन्सल्टेन्सी एजेन्सी उल्फ ओलिन्सका ग्लोबल प्रिन्सिपल रामोस जिमेनेजका अनुसार ट्विटरको ब्रान्ड मानिसको व्यवहारको पर्यायवाची बन्न पुग्यो ।
सन् २०११ मा मेरियम-वेबस्टर डिक्सनरीमा 'ट्विट' तथा अक्सफोर्ड इंग्लिस डिक्सनरीमा 'रिट्विट' शब्द थपिए ।
अधिकांशका लागि ट्विटर मानिसहरूका लागि मुख्य घटनामा आफ्नो धारणा राख्ने स्थलको रूपमा बन्न पुग्यो भने पत्रकारका लागि समाचारको स्रोतमा परिणत भयो ।
प्रभावशाली व्यक्तिका लागि आफ्ना समर्थकसँग सम्पर्क बनाउने माध्यम पनि बन्यो ।
तर, नयाँ मालिक आएसँग ट्विटरको नामसँगै ब्रान्डमा पनि परिवर्तन आयो । मस्कले सन् २०२२ को अक्टोरमा ट्विटरलाई किने र सन् २०२३ मा ट्विटर इन्क परिवर्तन भएर एक्स कर्प नामक कम्पनी बन्यो ।

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया