गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् ।
आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
भजन शिरोमणि उपाधि पाउनुभएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।
गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै छन् ।
विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन् । नेपाली सुगम सङ्गीतमा उनको महत्वपूर्ण योगदान छ ।

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

विपद्मा भनसुनका आधारमा सवारी साधन चलाउन दिए कारवाही हुन्छः गृहमन्त्री लेखक

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

प्रतिक्रिया