राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय भएको छैन : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन् ।
बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेपनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताएका हुन् ।
शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रिय सभाको अध्यक्ष बनाउन सक्ने आफूले केही समयअघि बताएपनि अहिले घटनाक्रमहरू भिन्न तरिकाले अघि बढेको उनले बताए ।
उनले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको धारणा राखे । त्यस्तै कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा विषय र जनयुद्धको बारेमा बेमौसमको बाजा लगायतले आशंका उत्पन्न भएको उनको भनाइ छ ।
त्यस्तै उनले भरतपुर विमानस्थल विस्तार गर्नका लागि संघीय सरकारबाट प्रक्रियागत सबै निर्णय भइसकेको बताए ।

अशोक राई र राजेन्द्र महतोको दलबीच कार्यगत एकता आज

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

एमाले लुम्बिनी प्रदेशद्वारा सामाजिक अराजकताविरुद्ध दृढतापूर्वक उभिन आह्वान

संसदीय समितिमा गृहमन्त्री लेखकले भने- नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी र…

सरकारले रवीन्द्रलाई पाँच लाख पुरस्कार दिने

प्रतिनिधिसभाको बैठक बस्दै

अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप

प्रतिक्रिया