भारतमा कोरोना संक्रमितदर घट्दै

नयाँ दिल्ली : भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन् । एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो ।
गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ . एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसारभरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा घेरै संख्या हो ।
प्राप्त समाचार अनुसार बिहारमा कोरोना सङ्क्रमणबाट ३ हजार ९७१ जनाको मृत्यु भएपछि भारतमा एकै दिनमा ६ हजार १४८ को मृत्यु भएको बताइएको हो । यद्यपी बिहारबाट प्राप्त यो समाचार एकै दिनको नभएको र मृतकको पूरानो रिर्कडलाई पनि समावेश गरिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ ।
हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९१ लाख ८३ हजार १२१ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा १ लाख ५१ हजार ३६७ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७६ लाख ५५ हजार ४९३ जना कोरोना मुक्त भएका छन् । हाल यहाँ ११ लाख ६७ हजार ९५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतमा बुधबार एकै दिनमा २० लाख ३४ हजार ६९० जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ३६० डोज खोप लगाइएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया