काठमाडौँ र पोखरामा जापानी फिल्म फेस्टिभल हुने

काठमाडौँ- नेपालीलाई जापानी कला, संस्कृति र सभ्यताबारे परिचित गराउन पोखरा र काठमाडौँमा जापानी फिल्म फेस्टिभलको आयोजना गर्न लागिएको छ ।
पोखराको उद्योग वाणिज्य संघ हलमा मार्च ९ र १० मा फेस्टिभल हुनेछ भने काठमाडौँको राष्ट्रिय नाचघरमा मार्च १५ र १६ तथा नेपालस्थित जापानी दूतावासको हलमा मार्च २० र २१ मा जापानी चलचित्र प्रदर्शन गरिने छ । ती चलचित्रको अङ्ग्रेजी भाषामा समेत भाषानुवाद हुने र आउने दर्शकलाई निःशुल्क प्रवेश गराइने जापानी दूतावासले जनाएको छ ।
सो महोत्सवबाट नेपाली जनताले नेपाली र जापानी चलचित्रबीचको समानता र अन्तरबारे तुलना गर्न पाउने दूतावासले जनाएको छ ।
आफूले हेर्न चाहेको चलचित्रको नाम पठाउन नेपालस्थित जापानी दूतावासले अनुरोध समेत गरेको छ । [email protected] मा इ-मेल पठाएर आफ्नो नाम र हेर्न चाहेको चलचित्र दर्ता गर्नु पर्ने छ ।

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया