चलचित्रबाट रङ्गेलीलाई चिनाउने काम गरेको भन्दै मेयर बने खुसी, भिडियोमार्फत दिए शुभकामना

काठमाडौँ- यही शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल (बगडिया) ले सफलताको शुभकामना दिएका छन् । सोसल मिडियामा भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट चलचित्र बनेकोमा खुसी व्यक्त गरेका छन् ।
भिडियोमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली चलचित्र ‘रङ्गेली’ को भव्य सफलताको कामना गरेका छन् । साथै चलचित्र मार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।
केही दिन पहिले सोही नगरपालिकाको सहमति पत्र चाहिने भन्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर) बोर्डले प्रमाणपत्र नदिएको खबर मिडियामा सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो । यद्यपि, बोर्डले आइतबार यो चलचित्रलाई पिजी प्रमाणपत्र प्रदान गरेको छ । प्रमाणपत्र बुझेपछि यसका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले नामको विषयलाई लिएर पछि समस्या हुनसक्ने भन्दै नगरपालिकाको सहमति ल्याउन भनेको तर पत्र पेस नगरीकनै बोर्डले प्रमाणपत्र दिएको बताए ।
‘रङ्गेली’ लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायांकार सुशन प्रजापति हुन् ।
यस्तो छ मेयरको भिडियो सन्देश:

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया