खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टिनाको माग

अर्जेन्टिना : कोरोना भाइरसविरुद्धको खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टिनाले माग गरेको छ ।
अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्टो फर्नान्डेजले विश्वभरी खोप वितरणको अवस्था सन्तुलित र न्यायोचित नभएको बताएका छन् ।
'खोपको असमान वितरण भइरहेको बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जानु आवश्यक छ, अहिले जे जसरी भइरहेको छ, त्यो ठिक भइरहेको छैन,' उनले भने ।
कुल उत्पादित खोपमध्ये ९० प्रतिशत खोप उत्पादक देशहरूमा मात्रै प्रयोग हुनु र बाँकी १० प्रतिशत मात्रै अन्य देशहरूलाई वितरण गर्नुले नै असमानता प्रष्टै देखिएको उनको भनाइ छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको ब्युनस आर्यसको औपचारिक भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले असमानताविरुद्धमा सवैले आवाज उठाउनु पर्नेमा जोड दिए ।
खोप उत्पादनको अनुपात र सङ्क्रमितहरूको सङ्ख्यामा सन्तुलन ल्याउने प्रतिवद्धता गर्न पनि अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजले आह्वान गरे ।
दुबै देशका नेताले कोरोना भाइरसविरुद्धको खोप सबै देशहरुलाई सन्तुलित तरिकाले उपलब्ध गराउन उदारता देखाउन पनि खोप उत्पादक देशहरुलाई आग्रह गरे ।
'कोरोना भाइरसविरुद्धको खोप विश्वव्यापी सार्वजनिक सामान हो, त्यसको प्रयोग सबैले आ– आफ्नो क्षमता र आवश्यकता अनुसार गर्न पाउनुपर्छ,' स्पेनका प्रधानमन्त्री सान्चेजले पत्रकार सम्मेलनमा भने ।
जोन हकिङ्स विश्वविद्यालयका अनुसार अर्जेन्टिनामा अहिलेसम्म ८३ हजार २७२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । त्यसैगरी स्पेनमा अहिलेसम्म कुल ८० हजार ३३२ जना को मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया