त्रिकोणात्मक टी-२० आई सिरिज : उपाधिको लागि नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौँ- त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दैछन् । हङकङमा नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि खेल सुरू हुनेछ ।
मंगलबार बिहान भएको खेलमा नेपालले पीएनजीलाई नै ८५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
जितका लागि १९९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १३ रनमात्र बनाएको थियो ।
पीएनजीका लागि हिरि हिरिले सर्वाधिक २८ रन तथा सेसे बाउले २१ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४, प्रतिश जिसीले २ तथा आकाश चन्द र गुल्सन झाले १-१ विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ५९ तथा सन्दीप जोराले ५६ रन बनाए । पीएनजीका असाद भालाले सर्वाधिक २ विकेट हात पारेका थिए ।
त्यस्तै मंगलबार भएको अर्को निर्णायक खेलमा हङकङलाई १० विकेटले पराजित गर्दै पीएनजीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
मंगलबारको खेलमा हङकङले दिएको १२२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा विना विकेटको क्षतिमा पूरा गरेको थियो ।
पीएनजीको जितमा सेसे बाउले ६१ रन तथा टोनी उराले ५१ रन जोडेका थिए । हङकङले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १२१ रन बनायो । हङकङका लागि जिसन अलीले सर्वाधिक ५५ रन जोडेका थिए ।
हालसम्म पीएनजी र नेपालबीच भएको ५ टी-२० आई खेलमा नेपाल ४ खेलमा विजयी भएको छ ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया