राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढ्योस् : अध्यक्ष केसी

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिदैँ उनले भने, “जसरी पनि चुनाव जित्नुपर्ने र सरकारमा सामेल भएर खर्च उठाउने प्रवृत्ति बढ्यो । यो संसदीय व्यवस्थाको नकारात्मक प्रवृति हो । यसबाट अधिकांश नेता कार्यकर्ताहरु सिकार भएका छन् ।”
अध्यक्ष केसीले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सुन तस्करी र अनुचित लेनदेनमा मुछिएका प्रभावशाली व्यक्तिलाई सरकारले कारवाही नगरेकोमा गुनासो गरे । उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शैक्षिक परामर्शका नाममा ठगी गर्ने, मानव बेचविखन तथा मानवाधिकार हनन गर्ने, सार्वजनिक जग्गा हड्प्ने, सुन तस्करी संलग्न जोसुकै भएपनि कारवाही गर्न माग गरे ।
उनले चुरे दोहन रोक्नुपर्ने बताउँदै खेतीपातीका लागि आवश्यक जग्गा राखेर मात्र सहरको विकास गर्नुपर्नेमा जोड दिए । साथै संघीय राजधानी दाङमा सार्नुपर्ने सुझाव दिए । उनले पनि प्रधानमन्त्री दाहाललाई मत दिन नसकिने पनि जानकारी गराए ।

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

प्रतिक्रिया