नयाँ प्रदेश प्रमुखहरूले लिए शपथ

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति कार्यालयमा आज अपरान्ह आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
राष्ट्रपति पौडेलले यही फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार आजै उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।

जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

लोडसेडिङ नेपालका लागि विगत भइसक्यो : ऊर्जामन्त्री खड्का

‘५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ’

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समा…

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

प्रतिक्रिया