एक महिनामा पाथीभरामा ५५ लाख भेटी संकलन
ताप्लेजुङ - पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको रु ५५ लाख भेटी संकलन गरेको छ । फागुन महिनामा पाथीभराबाट संकलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो । समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा संकलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।
यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९१२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्यांकसमेत समितिले सार्वजनिक गरेको छ । केही दिनयतादेखि मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ ।
यसैबीच पाथीभरामा संकलन भएको सुनचाँदी लिलाम बिक्री प्रक्रियामा रहेको समितिले जनाएको छ । रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र पाँच हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रक्रियामा रहेको बताइएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रक्रियामा नै रहेको समितिले जनाएको छ ।

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

घरेलु उद्योगबाट सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिजको २२ वर्षको यात्रा

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया