एसएसपी खत्रीले ५० जना प्रहरी कर्मचारीलाई चलचित्र 'रङ्गेली' हेर्न टिकट उपलब्ध गराए

काठमाडौँ- एसएसपी भूपेन्द्र खत्रीले ५० जना प्रहरी कर्मचारीहरूलाई चलचित्र 'रङ्गेली' हेर्न टिकट उपलब्ध गराएका छन् ।
आज शनिबार एसएसपी खत्रीले ५० जना प्रहरी कर्मचारीहरूलाई कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बीग मूभिझ सिनेमा हलमा फिल्म हेर्न टिकट उपलब्ध गराएका हुन् ।
प्रहरी कर्मचारीहरूलाई उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी परिसर, काठमाडौँमा कार्यरत जुनियर प्रहरी अधिकारी, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, सहायक हवल्दार तथा जवानहरूलाई प्राथमिकतामा राखी आफ्नो प्रहरी कर्मचारीहरूलाई हौसला तथा उत्प्रेरणा बढाउँदै कर्मचारीको तनावसमेत व्यवस्थापन गर्ने उद्देश्यले चलचित्र 'रङ्गेली' हेर्न टिकट उपलब्ध गराएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

जलवायु परिवर्तनले निर्माण श्रमिक र आदिवासी जनजातिलाई सबैभन्दा बढी प्रभावित

विद्यार्थीलाई आत्मनिर्भरता र जीवनोपयोगी सीप सिकाउँदै नेसनल ओपन स्काउट

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, आज रथयात्राको तयारी

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

एसएसपी अधिकारी पशुपतिनाथ सफाइ अभियानमा सहभागी

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

प्रतिक्रिया