अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’

काठमाडौँ- एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर ग्राहक वर्गमा सो ई.भिको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ । “एमजी ४ स्ट्रेंन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी” नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ई.भी स्ट्रेन्थ टेस्ट हो । गत चैत १ गते बिहिबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’ मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी, ग्राहकवर्ग तथा सामाजिक संजालका प्रभावकर्ताहरू सहभागी गराएको हो ।
धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी४ इभिको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरूले हिलो बाटो, सार्प टर्निङ, हील असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी४ इभिको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरूले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए ।
एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एम.जी फोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो । उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो ।
यसो हेर्दा कम ग्राउण्ड क्लियरेन्स भएको देखिए पनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाइयो । यस एमजी४ इभिमा रहेको हील असिस्ट, हील डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अफ्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको अनुभव सहभागीहरूले बताए ।
इभेन्टका बारेमा बोल्दै पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने, 'नेपालमा रहेको बिभिन्न ई.भी गाडिहरू मध्ये एम.जीले पहिलो पटक यस्तो परीक्षण गरेको हो । गाडीको “ग्राउन्ड क्लियरेन्स” को सम्बन्धमा रहेको शङ्का टेस्ट ड्राइभ पश्चात् मेटिइएको पाइयो ।'
सहभागीहरूले टेस्ट ड्राइभ पश्चात एमजी४ इभि सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरूमा पनि सहजै चलाउन सकिने कुरामा आफू विश्वस्त रहेको कुरा जनाए ।
_YhaacIz452_m0ddh3yoapm6y2xh18otsf1vioj0jf7z24nznpi4duefcqnhufbnvzfy3mqa_9qEKTNAPC2_emulos6c9pi6wmv4w3d7xilpipc0sbdus1iwzst2hg1npvqhil6zkl9lejuk.jpg)
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुल्ला

शीर्ष फोटोग्राफीहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने
_SV1nQtqBgg_kgfbqjmx8kfuowoqclaogyulessyaoswbg4jlewsgexg9sdlnkezxwg57tfw_MOzW6vft45_9cc2rpoonbmgh2kicxcas43m6fj0ns7opouunwwzxu5yc17xcahjmplj4pc3.png)
ट्रायम्फ नेपालले गर्यो बुटवलमा आधिकारिक सोरुमको शुभारम्भ
_ThhoiRRTRv_l6jqczw4qtxkvxzyhjdtvc8kucvr3dfj45pjcruvcnlkple6nemujagxynlg_Pz34KO30xw_e31wcqqxgkfbuso9geu5mhewnh32j2qxebgfahmzgoapah71mf5qk7jsk4kj.jpg)
के बीवाईडी ईभी किन्ने यो उपयुक्त समय हो ? देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको …

यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध
_U0mZtDLcVW_bfmnatdlv7or8aih20ud1lkhhgstgkh6k0w8cvggbfdfccxv2yw58wrlvlk7_Q0ANh3rBKz_or0r5vedssl1txdc6blsc7llbiegwtygojefde1seh1evsmbbq6xwsqubxkt.jpg)
बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

प्रतिक्रिया