चार वर्षदेखि खोसिँदैछ नेपालीको खुसी, छिमेकी भारतीयभन्दा नेपाली बढी खुसी

काठमाडौँ- विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन २०२४ अनुसार १४३ देशहरूमध्ये खुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्राप्त गरेको हो । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ भने ६० वर्षमाथिको उमेर समूहमा नेपाल ७६औँ स्थानमा छ ।
खोसिँदैछ नेपालीको खुसी ?
नेपालले हरेक वर्ष खुसी हुने अवस्था गुमाउँदै गएको छ । गएको चार वर्षको तथ्याङ्कलाई हेर्ने हो भने नेपालीले हरेक वर्ष खुसी गुमाउँदै गएको छ ।
सन् २०१३ मा नेपाल खुसी हुने सूचीमा ४.१६५ अंक ल्याएर १३५औँ स्थानमा थियो । त्यस्तै सन् २०१५ मा ४.५१४ अंक ल्याएर १२१ औँ स्थानमा पुगेको थियो ।
त्यस्तै सन् २०१६ मा ४.७९३ अंक ल्याएर १०७ औँ स्थानमा झरेको थियो । सन् २०१७ मा ४.९६२ अंक ल्याएर ९९ औँ स्थानमा आएको नेपाल सन् २०१८ मा ४.८८० अंक ल्याएर १०१ औँ स्थानमा पुगेको थियो ।
सन् २०१९ मा ४.९१३ अंक ल्याएर १०० औँ स्थानमा रहेको नेपाल सन् २०२० मा भने सुधार गर्दै ५.१३७ अंक ल्याएर ९२ औँ स्थानमा रह्यो ।
२०२१ मा ८७औँ, २०२२ मा ८४औँ र सन् २०२३ मा ७८औँ स्थानमा रहेको नेपाल सन् २०२४ मा ५.२ अंक ल्याएर ९३ औँ स्थानमा पुगेको हो । तथ्याङ्कलाई हेर्दा युवाको तुलनामा प्रौढ बढी खुसी देखिन्छन् ।
छिमेकी चीन ६० औँ स्थानमा, भारत १२६ औँ स्थानमा
त्यस्तै छिमेकी देश भारत १२६औँ स्थानमा रहेको छ । ४.१ अंक ल्याएर भारत खुसी हुनेको सूचीमा १२६औँ स्थानमा छ । भारतमा पनि युवाभन्दा प्रौढ अधिक खुसी रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी अर्को छिमेकी देश चीन ६ अंक ल्याएर खुसी हुनेको सूचीमा ६०औँ स्थानमा छ ।
विश्वमा खुसी हुने टप टेन देशहरू
७.७ अंक ल्याएर फिनल्याण्डले पहिलो स्थान ओगटेको छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । त्यस्तैगरी ७.६ अंक ल्याएर डेनमार्क दोस्रो स्थानमा छ ।
आइसल्याण्ड ७.५ अंक ल्याएर तेस्रो, स्वीडेन ७.३ अंक ल्याएर चौथो, ७.३ अंक ल्याएर इजरायल पाँचौं, ७.३ अंक नै ल्याएर नेदरल्याण्ड्स छैठौँ, ७.३ अंक नै ल्याएर नर्वेले पनि सातौँ स्थान ओगटेको छ ।
त्यस्तै ७.१ अंक ल्याएर लक्जमबर्ग आठौँ, ७.१ अंक नै ल्याएर स्विट्जरल्यान्ड नवौँ र ७.१ अंक नै ल्याएर अस्ट्रेलिया १० औँ स्थानमा रहेको छ ।
विश्वका कम खुसी हुने टप टेन देशहरू
सबैभन्दा दुखी देशको अफगानिस्तान रहेको छ । अफगानिस्तानले १.७ अंक ल्याएर सबैभन्दा कम खुसी हुने देशको सूचीमा १४३ औँ परेको हो । त्यसैगरी लेबनान २.७ अंक ल्याएर १४२ औँ स्थानमा छ भने ३.२ अंक ल्याएर लेसोथो १४१ औँ स्थानमा रहेको छ । सिएरा लियोन ३.२ अंक ल्याएर १४० औँ स्थानमा छ भने ३.३ अंक ल्याएर कंगो १३९ औँ स्थानमा, ३.३ अंक ल्याएर जिम्बाबे १३८ औँ स्थानमा र ३.४ अंक ल्याएर बोत्सवाना १३७ औँ स्थानमा रहेको छ ।
त्यसैगरी मलावी ३.४ अंक ल्याएर १३६ औँ स्थानमा छ भने इस्वातिनी ३.५ अंक ल्याएर १३५ औँ स्थानमा छ । त्यस्तै जाम्बिया ३.५ अंक ल्याएर १३४ औँ स्थानमा छ भने यमन ३.६ अंक ल्याएर १३३ औँ स्थानमा छ ।
उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसंघ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो । मुख्यत जीवन मूल्याङ्कनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ । उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधिएको थियो ।
देशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन, औसत आयु, सामाजिक समर्थन, उदारता, जीवन छनोट गर्ने स्वतन्त्रता र भ्रष्टाचारलाई आधार मानेर खुसी प्रतिवेदन तयार पारिन्छ ।

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

गोली चलाएर अभियुक्त नियन्त्रणमा

‘सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ’

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

प्रतिक्रिया