आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

स्वास्थ्य बीमा भएपछि भीमबहादुरले भने- गाउँमा बस्नेलाई सरकारले हेर्दो रहेछ

काठमाडाैँ - कास्की पोखरी स्वाँराका भीम बहादुर दमैको शनिबार स्वास्थ्य बीमा भएको छ । वडा कार्यालयले उनको निःशुल्क बीमा गरिदिएको हो । 

पहिलो पटक स्वास्थ्य बीमा गरिएपछि उनी दङ्ग छन् । `गाउँमा बस्नेलाई पनि सरकारले हेर्दो रहेछ । समय फरक भएछ, अब गाउँमा बस्नेलाई पनि सरकारले देख्न थालेको छ,´ उनले भने, `मलाई खुसी लाग्यो ।

पोखरा महानगरपालिका वडा नम्बर १३ ले ग्रामीण क्षेत्रमा बस्नेलाई स्वास्थ्य बीमा गरिदिएको हो । थातथलो नछोडी गाउँमै बस्दै आएका नागरिकको बीमा गरिएको वडा कार्यालयले जनाएको छ । 

पोखरी स्वाँराकै सरस्वती घले पनि निःशुल्क स्वास्थ्य बीमा कार्ड पाएर दङ्ग छिन् । अब उनको १ लाखसम्म उपचार गर्न आफूले खर्च गर्नुपर्दैन । `थोरै पैसा भए पनि बीमा गरेको थिइनँ । वडाले बीमा गर्दियो, उपचार गर्न सजिलो हुने भो,´ उनले भनिन् । स्वास्थ्य बीमाको टोलीसहित गाउँ पुगेका वडाध्यक्ष किरण बरालले उनीहरूलाई बीमा कार्ड हस्तान्तरण गरेका हुन् । ​

वडाभित्रका विजयपुर, खामघले, डिगाउँ र पोखरी स्वाँरामा स्वास्थ्य बीमा गरिएको बरालले बताए । उनका अनुसार ४० परिवारलाई १ लाख बराबरको बीमा निःशुल्क गरिएको छ । 

`गाउँमा बस्नेहरूलाई वडाले गरेको सम्मान हो यो । कतिपयले रोग लागे पनि पैसा नभएर उपचार गराएका छैनन्,´ उनले भने, `बीमा भएपछि त रोग लुकाएर बस्न परेन नि  । आफ्नो स्वास्थ्यप्रति सचेत पनि हुन्छन् ।´ जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा भन्ने नारा सहित वडा कार्यालयले बीमा गरिदिएको हो ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल