न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको छ : सांसद सिंह
काठमाडौँ- सांसद डा अमरेशकुमार सिंहले न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मीक समयमा सांसद सिंहले न्यायपालिकाको न्यायसम्पादनमा प्रश्न उठेको भन्दै न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गरेका हुन् । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको उनले आरोप लगाए ।
उनले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराए । न्यायपरिषदमा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उनले बताए ।
त्यस्तै सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गरे । पछिल्लो समय सडक दुर्घटना बढिरहेकाबारे पनि संसदमार्फत् उनले सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै सांसद ध्रुवबहादुर प्रधानल हिउँदेबाली भित्र्याउने बेलामा हावाहुरी र असिना पानीले बालीनालीमा पुगेको क्षति विश्लेषण गरी किसानलाई राहत उपलब्ध गराउन माग गरे । सांसद अशोककुमार चौधरीले जलवायु परिवर्तनको असरले कृषिबालीमा पारेको असर र वन्यजन्तु आक्रमण न्यूनीककरणका लागि आवश्यक कदम चाल्नुपर्ने धारणा राखे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया