हेराल्ड कलेजद्वारा ८९ विद्यार्थीलाई डेढ करोड बराबरको एएए छात्रवृत्ति प्रदान
काठमाडौँ- हेराल्ड कलेजले एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।
Academics (प्राज्ञिकता), Attendance (उपस्थिति र हाजिरी) र Attitude (आचरण)लाई एकै सुत्रमा बाँध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्तिमार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु भएको जनाएको छ ।
छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रकृया पनि निकै चुनौतिपूर्ण साबित भएको जनाएको छ । अन्त्यमा लगभग रु १.५ करोड पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए ।
यिनै विद्यार्थीहरूको सम्मानमा आयोजित यस समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवार जन तथा सम्पूर्ण कलेज परिवारका माझ हेराल्ड कलेजलका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको जनाएको छ ।
यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रुपले बिभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको हो जसले गर्द उनीहरूको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने दाबी गरेको छ ।

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_qwVWaO18TO_pl1pzzdwmnwgm6g17i9pdyf3h1ndeaep3enbnjhpasufqfxfkcfzi5p1nums.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

प्रतिक्रिया