एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टिम घोषणा

काठमाडौँ- ओमानमा अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपालले टिमको घोषणा गरेको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) मंगलबार प्रिमियर कप खेल्ने १४ सदस्यीय नेपाली क्रिकेट टिम सार्वजनिक गरेको हो ।
प्रिमियर कपका लागि नेपाल समूह 'ए' मा परेको छ । यस समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेविया पनि रहेका छन् । समूह 'बी' मा भने आयोजक ओमानसँगै यूएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।
समूह चरणअन्तर्गत नेपालले पहिलो खेल मलेसियासँग अप्रिल १२, दोस्रो खेल कतारसँग अप्रिल १३, तेस्रो खेल हङकङविरुद्ध अप्रिल १५ तथा चौथो खेल साउदी अरेबियासँग अप्रिल १७ मा खेल्ने तालिका रहेको छ ।
दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया