सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार

धनगढी - सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न फेरि आव्हान गरेका छन्।
यस अघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आव्हान गरेका हुन् ।
प्रदेश प्रमुख नजिर मियाँले वैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आव्हान गरेका छन् ।
यसअघि प्रदेश प्रमुख मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए । सो समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टाछुट्टै दाबी पेस गरेका थिए । तर लक्ष्मणकिशोरलाई समर्थन गरेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले फेरि सरकारमा दाबी गर्न आव्हान गरेका छन् ।

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

वाइसीएलको श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उदघाटन
जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कैलाली कारागारः परिस्थिति प्रहरीको नियन्त्रणमा

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

प्रतिक्रिया