अमेरिकाले पारित गर्यो युक्रेनका लागि ६१ अर्ब डलरको राहत प्याकेज

काठमाडौँ - युक्रेनलाई सहयोग गर्न अमेरिकी प्रतिनिधि सभाले ६१ अर्ब डलरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो । तर, यो प्रस्तावको विपक्षमा पनि ११२ मत परेको थियो ।
अब यो प्रस्ताव पारितका लागि अमेरिकी सिनेटमा जानेछ । अबको केही दिनमा सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ । यसलाई सिनेटमा पारित गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरी कानुनको रूपमा मान्यता दिनेछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुशी व्यक्त गरेका छन् ।
'लोकतन्त्र र स्वतन्त्रता सधैं विश्वव्यापी रूपमा महत्त्वपूर्ण हुनेछ, र तिनीहरू कहिल्यै असफल हुन सक्दैनन् जबसम्म अमेरिका उनीहरूको रक्षा गर्न त्यहाँ छ,' उनले भने। यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ ।
गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेजमा राखिएको छ ।

गहुँ र मकै सखाप पारेर मान्छे पनि मार्न सक्ने खतरनाक भाइरस फ्युसेरियम, चीनले …
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय

जित उत्सव मनाउँदा विराट कोहलीको फ्यानको अत्याधिक खुसीले मृत्यु

तीन महिनामा दुई लाखभन्दा बढी अफगानी पाकिस्तानबाट फिर्ता

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द

गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु : इएफजे

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

प्रतिक्रिया