अनन्याबारे पिता चंकी भन्छन्- २५ वर्षकी भइन्, आफूले चाहेको काम गर्न सक्छिन्

काठमाडौँ- बलिउड अभिनेता चंकी पाण्डेले आफ्नी छोरी अनन्या पाण्डेको व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । एक अन्तर्वार्तामा चंकीले आफ्नी २५ वर्षीया छोरीलाई आफूले नियन्त्रणमा नराख्ने र आफ्नो निर्णय आफैँले लिन दिने बताएका छन् ।
चंकीले अनन्याको बलिउडमा आफैँले ठाउँ बनाएकोमा प्रशंसा गरेका छन् । एक अन्तर्वार्तामा चंकीलाई आदित्य रोय कपुरसँग अनन्याको सम्बन्धबारे प्रश्न सोधिएको थियो । यसबारे उनले भने, ‘मलाई यसमा कुनै समस्या छैन । अनन्या २५ वर्षकी भइन् र मभन्दा धेरै पैसा कमाइरहेकी छिन् । उनीहरू जे चाहन्छन् गर्न सक्छन् । २५ वर्षकी छोरीलाई केही भन्न म कसरी हिम्मत गर्न सक्छु ।
चंकीलाई अनन्याले फिल्ममा इन्टिमेट सीन गर्नमा कुनै समस्या छैन । उनले भने, 'म यससँग ठीक छु । हलिउड फिल्ममा पनि यस्ता दृश्य देखेको छु । यसमा कुनै हानि छैन र हामीले यसलाई स्वीकार गर्नुपर्छ ।' चंकीलाई छोरीहरूले सल्लाह माग्छन् कि भनेर सोध्दा उनले भने, 'मेरा दुवै छोरी आमा भावनासँग नजिक छन् । जब उसलाई केही चाहिन्छ उसले मलाई कल गर्छ । उनीहरूलाई मेरो सल्लाहको आवश्यकता पर्दा म उपलब्ध छु ।'
वर्कफ्रन्टको कुरा गर्ने हो भने, अनन्याले २०१६ मा फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्, गत वर्ष उनी ‘ड्रिमगर्ल-२’ र ‘खो गए हम कहाँ’ जस्ता फिल्ममा देखिएकी थिइन् । अहिले उनी ‘कन्ट्रोल’ र ‘शंकरा’ जस्ता फिल्मको सुटिङमा व्यस्त छिन् ।
लभ लाइफको कुरा गर्ने हो भने, अनन्या पछिल्लो समय आदित्य रोय कपूरलाई डेट गरिरहेकी छिन् । दुवैले अहिलेसम्म आफ्नो सम्बन्धलाई औपचारिक रूपमा सार्वजनिक नगरे पनि धेरै अवसरमा सँगै देखिएका छन् । अनन्याले पनि गत वर्ष आदित्य रोय कपुरसँग माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी थिइन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया