बंगलादेशद्वारा चिनियाँ कृषि कम्पनीलाई लगानी गर्न स्वागत

ढाका - बंगलादेशले कृषि उद्योगलाई स्तरोन्नति गरी उच्च गुणस्तरको विकास हासिल गर्नका लागि चिनियाँ कृषि प्रशोधन उद्यम र कृषि मेसिनरी उद्यमलाई मुलुकमा लगानी गर्न स्वागत गरेको कृषिमन्त्री मोहम्मद अब्दुस शाहिदले बताएका छन् ।
बंगलादेशका लागि चिनियाँ राजदूत याओ वेनसँग भेटमा शाहिदले बङ्गलादेशको विकासमा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै चीन बङ्गलादेशको सबैभन्दा असल मित्र र विकास साझेदार भएको बताए । उनले चीनमा आँप निर्यातलाई बढावा दिएकामा चिनियाँ पक्षलाई धन्यवाद दिए ।
याओले बङ्लादेशबाट चीनमा ताजा आँपको निर्यातलाई बढावा दिन र बङ्गलादेशलाई आलुसम्बन्धी रोग नियन्त्रण गर्न चीनले व्यावहारिक उपायहरू गर्ने बताए ।
चीनले थप बंगलादेशी कृषि प्राविधिकलाई चीनमा प्रशिक्षणका लागि आमन्त्रित गरी कृषिमा द्विपक्षीय सहयोगलाई मझबुत बनाई बङ्गलादेशलाई स्थिर आर्थिक र सामाजिक विकास हासिल गर्न मद्दत गर्ने अवसरहरू लिन चाहेको याओले उल्लेख गरे ।
मन्त्री शाहिदले चीनबाट धेरै (कृषि) मेसिनरीहरू आयात गर्दै आएको उल्लेख गर्दै यसको मात्रा बढाउने योजना बनाएको बैठकपछि फाइनान्सियल एक्सप्रेसलाई बताए ।
विशेष प्रकारका कृषि यन्त्रको आयात बढाउनका लागि प्रश्न गर्दा उनले कृषि उत्पादकत्व बढाउनका लागि आवश्यक पर्ने हार्वेस्टर र टिलरजस्ता कृषि यन्त्रलाई बढ्दो आयातमा समावेश गरिने बताए । रासस
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_q9pS5AxmCr_1hhzaygfplb4xkcqibif3ap25nxztrseuuywq5bliaramc54nypfltvdy0c9.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_5PP2uyktyv_tge1wkeeteiblre4anxb2hm4jovvhahkifaajsi9xsg4r25mhcmd8wd9c7ml.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया