गम्भीर र घातक रोगका बिरामीबाहेक सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ ।
सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् ।
मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

काठमाडौँ जिल्ला प्यापब्सनद्वारा २०८१ का उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

प्रतिक्रिया