कोटेश्वरमा आकाशे पुललाई बेवास्ता गर्ने पैदल यात्रुलाई छेक्न फलामे रेलिङ बन्दै
बीच सडकमा निर्माण सामग्री निर्माण गर्दा दुर्घटनाको जोखिम बढ्दै

काठमाडौँ- कोटेश्वर बालकुमारी सडक खण्डमा पैदलयात्रीले जथाभावी बाटो काट्न थालेपछि सडक डिभिजन काठमाडौँ कार्यालयले फलामको रेलिङ लगाएको छ ।
सडकमा दुर्घटना न्यूनीकरण गर्न रेलिङ लगाए पनि निर्माण कम्पनीले जथाभावी निर्माण सामग्री राख्दा थप दुर्घटना हुने सम्भावना बढेर गएको छ । निर्माण सामग्रीले सडकमा तीव्र गतिमा रहेका सवारीसाधनहरू दुर्घटनामा पर्ने जोखिम हुने पैदल यात्रुहरूले बताएका छन् ।
सडकमा जथाभावी बाटो काट्दा दुर्घटना बढ्ने जोखिम रहेको भन्दै काठमाडौँ महानगर र काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको कार्यालयको अनुरोधमा सडक डिभिजन कार्यालयले सडकमा रेलिङ लगाएको हो ।
कोटेश्वरमा रहेका पैदल यात्री रमेश तिम्सिनाले निर्माण कार्य गर्दा सडकमा निर्माण सामग्री राख्न नहुने बताए । दुर्घटना न्यूनीकरण गर्न संरचना बनाए पनि यसले अझ जोखिम बढाउने उनको भनाइ छ ।
निर्माण गर्दा सडकमा अवरोध नपुग्ने गरी काम गर्नु ती पैदलयात्रु तिम्सिनाको भनाइ छ । जथाभावी बाटो काट्नेलाई निर्माण गरिरहेको रेलिङले अवरोध गरी पुलबाट बाटो काट्न थप प्रेरणा मिल्ने उनले बताए ।
कोटेश्वर बालकुमारी सडक खण्डमा पैदलयात्रीले सडकबाट जथाभावी बाटो काट्न थालेकाले बाध्य भएर फलामे रेलिङ लगाउनु परेको काठमाडौँ महानगरपालिका ३२ का वडा सदस्य हरि बस्नेतले बताए ।
‘पुलमाथिबाट बाटो नकाटेर सडकको बीचबाट पैदलयात्रुले बाटो काट्न थालेपछि बाध्य भएर फलामे रेलिङ लगाउनु परको छ,’ उनले भने,’ यात्रुको सुरक्षाका निम्ति सडकमा रेलिङ लगाउनु परेको छ ।‘
सडकको बीच भागबाट बाटो काट्न हुँदैन भनेर सिकाउन तथा जनचेतना फैलाउन रेलिङ लगाउन बाध्य भएको बस्नेतको भनाइ छ । नियम नमान्ने र बीच भागबाट बाटो काट्नेमा नेपालीहरू पहिलो स्थानमा रहेकाले त्यो परिचय हटाउन सडकमा छेकबार लगाउनु परेको उनले उल्लेख गरे ।
‘दैनिक सय भन्दा बढी पैदलयात्रुले बीच सडकबाट बाटो काट्ने गरेका छन्,’ उनले अगाडि थपे,’ यात्रुले रेलिङ लगाएपछि पुल माथिबाट जान सक्ने छन् ।‘
केही समयअघि महानगरपालिकाले सडक डिभिजनलाई कोटेश्वर-बालकुमारी सडकखण्डको बीच भागमा रेलिङ लगाइदिन आग्रह गरेको थियो । सडक सुरक्षार्थ तथा पैदल यात्रुहरूले जथाभावी बाटो काट्न थालेपछि दुर्घटनाको जोखिम बढ्दै गएको थियो । महानगरपालिकाले रेलिङ लगाएपछि पैदल यात्रुकै कारण हुने दुर्घटनामा कमी आउने विश्वास गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले यात्रुहरूले बीच सडकबाट जथाभावी बाटो काट्न थालेकाले सडक डिभिजन कार्यालयले फलामे रेलिङ लगाएको जानकारी दिए । रेलिङ लगाएपछि पैदलयात्रुले बीच भागबाट बाटो काट्न नपाउने उनले बताए ।
‘पटक-पटक पैदल यात्रुले बीच सडकबाटै बाटो काट्ने गरेको रिपोर्ट ट्राफिक प्रहरीलाई आइरहेको थियो,’ प्रवक्ता श्रेष्ठले भने,’ ट्राफिक प्रहरीले पटक-पटक पैदल यात्रुलाई बाटो नकाट्न विभिन्न अभियान चलाएर अनुरोध गरेको थियो ।‘
पैदल यात्रुकै कारण कोटेश्वर बालकुमारी सडक खण्डमा दुर्घटना घटिसकेको उनले जानकारी दिए । सडकमा रेलिङ लगाएपछि भने दुर्घटना कम हुने श्रेष्ठले विश्वास व्यक्त गरे ।
त्यसैगरी, सडक डिभिजन कार्यालय काठमाडौँका सूचना अधिकारी प्रमोद खतिवडालले कोटेश्वर-बालकुमारी सडकखण्डमा साढे तीनदेखि साढे चार सय मिटरसम्मको भागमा फलामे रेलिङ लगाइएको जानकारी दिए । पैदल यात्रुले जथाभावी बाटो काटेको र सडक सुरक्षाका निम्ति रेलिङ लगाउनु परेको उनले बताए ।
उनका अनुसार काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको एकसाथ आएको अनुरोधले फलाम रेलिङ लगाउनु परेको हो । निर्माण खर्च ३० देखि ३५ लाख रुपैयाँ लागत लाग्ने गरी काम भइरहेको छ । पैदल यात्रुले पुलबाट बाटो नकाटी बीच सडकबाट बाटो काटेकाले रेलिङ लगाइएको हो । पैदल यात्रुले जथाभावी बाटो नकाट्ने हुँदा सडक दुर्घटना न्यूनीकरण गर्न यसले सहयोग गर्छ ।
सूचना अधिकारी खतिवडाले डिपार्टमेन्ट कम्पनी अन्तर्गतले उक्त फलामे रेलिङ लगाएको जानकारी दिए । ‘सडकमा यातायातको सहज आवागमन गर्ने गरी काम गर्न अनुरोध गरिएको छ,’ उनले भने,’ सडकमा बालुवा गिट्टी राखिएको भए छिटो निर्माण सम्पन्न गरेर हटाउन निर्देशन दिएको छ ।‘
सडक विभागले समय-समयमा सडकमा भएको फोहोर उठाइरहेको खतिवडाले बताए । निर्माण कम्पनीलाई कार्यले आवागमनमा अवरोध नहोस् र कुनै पनि अप्रिय घटना नघटोस् भनेर सचेत गराइसकेको उनको भनाइ छ ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया