जलेश्वरका प्रमुख-उपप्रमुखसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले जलेश्वर-१ को बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रमा पिपिसी ढलान गर्ने काममा बढी कार्य गरेको देखाएर ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी लिएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सब इन्जिनियर दिपेश कुमार शाह, कार्यपालिका सद्स्त सोगार खातुन, जलेश्वर-१ का वडा अध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार झा, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी चौधरीलाई आरोपी बनाउँदै मुद्दा दायर गरेको जनाएको छ ।

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

भालु खोलाले बालक बगायो, ६०० मिटर तल भेटियो शव
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_FNe5BX8wtF_iubmj1o8hyvl4xejpbhphtdiuvs3cikv6zaidktdm2edkh09tbmyi2gcqs9g_G56ed6xXZy_amzeukrcez5kz1cpjbehli7mgl3ejgegrte4ofqogao8pivs2hgyelfp87po_4UKJzSwNMH_baqqeoztfcyqaarmqnjdvvma1qgo6sadcaksfmkfkw6amxsgcxwjatmlgvxx.jpg)
अविरल वर्षाले साल्पामा छ घर विस्थापित

पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

‘चरणदास चोर’ साउन ३१ गतेदेखि

बजेट अभावमा भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अलपत्र

प्रतिक्रिया