दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

काठमाडौँ- दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर विक रहेका छन् ।
उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।
प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम संकलन गरेको पाइएको छ । क्यानडाका लागि उनीहरूले २२ देखि ३० लाख रुपैयाँसम्म उठाउथे ।
अमेरिका र क्यानडा पठाइदिने भन्दै गिरोहले १० जना पीडितबाट ५ करोड ५० लाख रुपैयाँ रकम लिएको खुलेको छ ।
यी तीनै जना नयाँदिल्लीमा बसेर संगठित रूपमा मानव तस्करी गर्ने गर्थे । उनीहरूले नेपालमा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रूपमा राख्ने गरेका थिए ।
शेर्पात्रयलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
अमेरिका लैजाँदा उनीहरूले दुबई ट्रान्जिट बनाउने गर्ने । त्यहाँबाट केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसेर ६ देखि ९ महिनासम्म पीडितलाई अलपत्र पारेर राखेको पाइएको भट्टराईले बताए ।
‘केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको अनुसन्धानमा खुलेको छ,’ भट्टराईले भने ।
अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एउटा रुट प्रयोग गर्ने गरेको खुलेको छ ।
तामाङ, बराल र विक दिल्लीको पहाडगञ्जस्थित होटलमा बस्ने गर्थे ।
‘उनीहरूले पीडितहरू अमेरिका प्रवेश गरेलगत्तै जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुनी व्यवसायी प्रयोग गरी जेलमुक्त गरेर रोजगारीमा लगाउने भन्दै पहिले नै विश्वासमा पार्ने गरेको थाहा भएको छ,’ भट्टराईले भने ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_rWod7IFI7T_ve8hypc0a1bj56nxeeiyet2ywhzy9wwfiwllutddbsgsetqdrn3focxmy0ze.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

प्रतिक्रिया