प्रतिपक्ष दलहरूको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, छानबिन समिति गठन हुनुपर्छ

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिनुपर्ने धारणा राखेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनभित्र नेपाली कांग्रेस दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा संसदीय छानबिन समिति बन्नुपर्नेमा पूर्ण समर्थन रहेको बताउँदै संसद्मा गृहमन्त्रीले आफ्ना कुरा राख्नुपर्ने बताएको सांसद ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक शाहीले भने, ‘राप्रपाको तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेका छौँ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ । छानबिन समिति बन्नुपर्ने कुरामा हामी पछि हट्दैनौँ ।’ गृहमन्त्रीले आफ्नो धारणा राखेपछि चित्त नबुझ्दा त्यसको प्रतिवाद गर्न सकिने उनले बताए ।
हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हात हालाहालको स्थिति भएपछि आज कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका थिए । छलफलमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सबै प्रतिपक्षी दलको एकमत रहेको बनाएका छन् ।

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया