टम र विलेमको शेर्पासम्बन्धी चलचित्र 'तेन्जिङ' को प्रदर्शनका लागि एप्पलसँग सम्झौता

काठमाडौँ- सगरमाथा क्षेत्रमा बसोबास गर्ने शेर्पासम्बन्धी चलचित्र 'तेन्जिङ' को विश्वव्यापी प्रदर्शनका लागि एप्पल ओरिजिनल फिल्म्ससँग सम्झौता भएको छ ।
डेडलाइन डटकमले जनाएअनुसार टम हिडलस्टोन र विलेम डाफो अभिनित चलचित्र तेन्जिङको विश्वव्यापी प्रदर्शनको अधिकार एप्पल ओरिजिनल फिल्म्सले पाएको हो ।
ओस्कार-विजेता (द किंग्स स्पीच) निर्माता सी-स फिल्म्सले तेन्जिङ नोर्गे शेर्पाको प्रेरणादायी जीवन तथा उनले सन् १९५३ मा न्यूजिल्यान्डका सर एडमन्ड हिलारीसँग मिलेर गरेको सगरमाथा आरोहणको बारेमा चलचित्र तेन्जिङ निर्माण गर्न लागेको हो ।
चलचित्रमा टम हिडलस्टनले सर एडमन्ड हिलारीको रूपमा अभिनय गर्नेछन् र चार पटक ओस्करमा मनोनीत भएका विलम डाफोले बेलायती आरोही कर्नल जोन हन्टको अभिनय गर्ने भएका छन् ।
तर चलचित्रका लागि तेन्जिङ नोर्गे शेर्पाको मुख्य भूमिका निर्वाह गर्ने कलाकारको खोजी भइरहेको बताइएको छ ।
ल्यूक डेभिसको लेखन रहेको चलचित्रको निर्माताहरू सी-स फिल्म्स बाट लिज वाट्स, एमिल शेरम्यान र इयान क्यानिङसँगै डेस्रे आर्मस्ट्रङ, जेनिफर पीडम र ल्यूक डेभिस पनि रहेका छन् ।
चलचित्रको कार्यकारी निर्माताहरूमा साइमन गिलिस, डेभिड मिचोड र नोर्बु तेन्जिङ रहेका छन् ।
शेर्पा नामक डकुमेन्ट्री निर्माण गरेसँगै तेन्जिङ परिवार र शेर्पा समुदायसँग घनिष्ठ सम्बन्ध बनाएकी जेनिफर पिडमले तेन्जिङ चलचित्रका लागि पहल गरेकी हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया