अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छ : अध्यक्ष ओली

पर्सा- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छ भने । 'जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ । त्यसकारण संसद् चलाउनै पर्छ,' अध्यक्ष ओलीले भने, 'देश ठप्प पार्ने काम स्वीकार्य हुँदैन । नेपाली कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन ।'
अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसदमा बोल्न दिनुपर्नेमा जोड दिए । 'कांग्रेसले एकजना मान्छेलाई आरोप लगाउँछ । ममाथि लगाएको आरोपका बारेमा संसदमा बोल्छु भन्दा पनि बोल्न दिँदैन । बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ । आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि,' अध्यक्ष ओलीले भने । त्यसैगरी उनले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्ने बताए ।
उनले संसद् विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेसले हाउगुजी फैलाउने काम गरिरहेका प्रति कटाक्ष गरे । 'कांग्रेसले संसद् विघटनको हाउगुजी फैलाउने खालको झूट बोलेको छ । बेइमानी कुरा गरेको छ,' उनले भने, 'त्यस्ता कुरा पत्याएर हिँड्ने होइन ।'
त्यस अवसरमा एमाले पर्साका नवनिर्वाचित अध्यक्षसहित एक सय २७ जना पदाधिकारीले शपथ ग्रहण गरेका थिए ।

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया