कार्यदलमा अझै जुटेन सहमति, थप छलफल गर्न कांग्रेसले माग्यो समय
'सैद्धान्तिक रूपमा सहमति भए पनि बुँदागत रूपमा आज बेलुकासम्म सहमति हुनसक्छ'

काठमाडौँ- सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।
सिंहदरबारमा भएको बैठकपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक रूपमा सहमति भए पनि बुँदागत रूपमा टुंग्याउन समय लाग्ने जानकारी दिएका हुन् । कार्यदलको बैठक आजै फेरि बस्ने उनले बताए ।
उनले विषयगत, नीतिगत र कानुनी रूपमा कसरी लाभ हुन सक्छ भनेर टुंग्याउन बाँकी भएकाले केही समयपश्चात फेरि बैठक बस्ने बताए ।
उनले भने, ‘मोटामोटी छलफल भएको छ । एकाध विषयमा कांग्रेसको असहमति छन् । कांग्रेसले थप छलफल गर्न समय माग गरेको छ । सैद्धान्तिक रूपमा सहमति भए पनि बुँदागत रूपमा आज बेलुकासम्म सहमति हुनसक्छ ।’

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया