ओलीको प्रश्न : देउवाको सरकार बनेपछि एमाले सत्तापक्ष कि प्रमुख प्रतिपक्ष ?

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि एउटै दल सत्तापक्ष र प्रतिपक्ष हुने अवस्था आउने प्रधानमन्त्री केपी शर्मा ओलीले तर्क गरेका छन् । सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले एमाले सत्तापक्ष हुने कि प्रमुख प्रतिपक्ष ? भन्ने प्रश्न गरेका हुन् ।
'नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई बिभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ । कर्थंकदाचित रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीकाप्रतिनिधि सभा सदस्य कुन दलको हुनुहुन्छ ?', प्रधानमन्त्री ओलीको जवाफमा भनिएका छन्,'मैले नेतृत्व गरेको नेकपा (एमाले) सत्ता पक्ष हुन्छ कि प्रतिपक्ष ? किनभने श्री शेरबहादुर देउवा त नेकपा (एमाले) कै प्रतिनिधि सभा सदस्यको समर्थनमा प्रधानमन्त्री बनेको अवस्था हुनेछ । एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्दैन ।'
यो पनि
ओलीको प्रष्टोक्ति : प्रतिनिधि सभाको निरन्तरता निरर्थक थियो, गैरसंसदीय अभ्यासहरू मौलाएका थिए
दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन : प्रधानमन्त्री ओली
ओलीले फेरि भने : यो राजनीतिक विषय हो, अदालतले न्यायनिरुपण गर्न सक्दैन
सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन (पूर्णपाठ)
कोभिड-१९ महामारीमै निर्वाचन गर्ने ओलीको दाबी

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

प्रतिक्रिया