राजनीति

ओलीले फेरि भने : यो राजनीतिक विषय हो, अदालतले न्यायनिरुपण गर्न सक्दैन

इकागज |
असार ३, २०७८ बिहीबार १३:१ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जन अनुमोदनको लागि जनतामा जाने विषय राजनीतिक भएको बताएका छन् । सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

'प्रतिनिधि सभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो, सरकारको निर्माण वा बिघटन राजनीतिक कारणहरूले हुन्छ', जवाफमा ओलीले लेखेका छन्,' मैले मिति २०७७।९।५ मा विघटनको लागि राजनीतिक कारणले नै सिफारिस गरेको थिएँ । प्रतिनिधि सभा पुनर्स्थापनापछिका यी तीन महिनामा ती कारणहरू ठिक थिए भन्ने पुष्टी भएको छ ।'


प्रधानमन्त्री ओलीले उक्त जवाफमा यो विषयमा अदालतलाई प्रवेश गराउनु न्यायनिरुपण योग्य हुन नसक्ने बताएका छन् । उनले लेखेका छन्,'कानूनी छिद्रहरुले राजनीतिकस्थिरता दिन सक्दैनन्‌ । त्यसेले कुनै प्राविधिक कानूनी छिद्रको आधार लिई यस्ता राजनीतिक प्रश्नमा सम्मानित अदालतलाई प्रवेश गराउने उद्देश्यले दायर भएको निवेदन दाबी न्यायनिरुपण योग्य हुन सक्दैन ।'


Author

थप समाचार
x