राजनीति

कोभिड-१९ महामारीमै निर्वाचन गर्ने ओलीको दाबी

इकागज |
असार ३, २०७८ बिहिवार १२:४५ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९को संक्रमण चलिरहेका बेला नै नेपालमा निर्वाचन हुने दाबी गरेका छन् । सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

सर्वोच्चलाई पठाएको जवाफको बुँदा १८ मा भनिएको छ,'कोभिड-१९ को संक्रमणको समय मै व्यवस्थापन गरी निर्वाचन सम्पन्न गरिनेछ ।'


उक्त जवफ कोभिड संक्रमणकैबीचमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएकोसमेत ओलीले स्मरण गराएका छन् । 'सरकारले सङ्कमणलाई नियन्त्रण बाहिर जान नदिन, खोपको व्यवस्था गर्न सबै किसिमका प्रक्रिया र कारबाही अघि बढाइसकिएको छ । सबै नागरिकलाई खोप लगाउने प्रतिबद्धतागरि आवश्यक खोप खरिद प्रक्रिया सुरु भैसकेको छ', सर्वोच्चलाई लेखेको जवाफमा ओलीले भनेका छन् ।

 

 


Author

थप समाचार
x