नेपालगञ्ज-गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

राँझा (बाँके)- हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।
नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो ।
शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु दुई अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ ।

२२ लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

माछा पोखरीमा डुबेर एकको मृत्यु

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

प्रतिक्रिया