कैलाश सिरोहियालाई भेट्न जनकपुर पुगेका विमलेन्द्र निधिले भने- उनीमाथि लगाएको आरोप निराधार

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कैलाश सिरोहियामाथि लगाएको आरोप निराधार भएको बताएका छन् ।
बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको र उनीमाथि लगाएको आरोप निराधार भएको बताएका हुन् । सरकारले तत्काल सिरोहियालाई रिहाइ गर्न उनले माग गरे ।
गृहमन्त्रीको दुई वटा नागरिकता रहँदा एउटा बदर गर्ने निर्णय गरेको भन्दै उनले अहिले सिरोहियामाथि सोही आरोप लगाइनु गलत भएको धारणा राखे । उनले प्रशासनको कमजोरीका कारण नागरिकताको व्यहोरा फरक रहन गएको भन्दै कुनै हालतमा किर्ते नभएको दाबी गरे ।
सहकारी प्रकरणमा छानबिन समिति बनाउन कांग्रेसले माग गरेको अवस्थामा राज्यले नै रवि लामिछानेलाई निर्दोष सावित गर्न खोजेको उनले बताए । निधिले सरकार राज्यलाई कब्जा गर्ने नीतिका साथ अघि बढेको भन्दै शान्तिपूर्ण रूपमा आन्दोलनका कार्यक्रमलाई अघि बढाउने जानकारी दिए ।
कैलाश सिरोहियालाई भेट्न नेता निधि जनकपुर पुगेका हुन् ।

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया