गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै प्रदर्शनीमार्गमा तरुण दलको राँके जुलुस

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै युवा भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौँमा राँके जुलुस निकालेको छ ।
पार्टीले आइतबार काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा तरुण दलले शनिबार काठमाडौँको प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको हो । सो क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।
कांग्रेसले आइतबार काठमाडौँको भृकुटीमण्डपमा सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ । यसअघि बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया