काठमाडौँका यी ठाउँमा भरे बेलुका विद्युत आपूर्ति बन्द हुने
काठमाडौँ- आइतबार काठमाडौँका विभिन्न ठाउँमा बेलुका ११ बजेदेखि सबा १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
लप्सी फेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजना द्वारा विद्यमान टेकु सब-स्टेशन स्तरोन्नति कार्य भइरहेकोमा हाल चालु रहेको इन्कमर २ प्यानलमा प्राविधिक समस्या देखिएकाले प्राधिकरणले विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
टेकु सब-स्टेशन तथा सोसँग सम्बन्धित स्वचिंग स्टेशनहरूबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर तथा पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने सुनधारा, मिन्ट,कालीमाटी चमती, भिमसेनस्थान, रिङरोड र कुलेश्वर क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया