सुक्खा पहिरोले आरुघाट-लार्के सडक अवरुद्ध [भिडियोसहित]

गोरखा- उत्तरी गोरखा जोड्ने बेनिघाट-आरुघाट-आरखेत-लार्के सडकखण्ड सुक्खा पहिरो खसेर आज अवरुद्ध भएको छ । दिउँसो धार्चे गाउँपालिका-३, उहियाँस्थित यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
'पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको छ,' उनले भने, 'पहाडको माथिबाट ठूलो ढुङ्गा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको छ ।' पहिरो तत्काल हटाउन सकिने अवस्था नरहेको स्थानीयवासी बलबहादुर गुरुङले जानकारी दिए ।
पहिरोले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ । 'पहिरो पन्छाउन दुईतीन दिनभन्दा बढी समय लाग्नसक्ने अवस्था छ,' गुरुङले भने, 'चट्टानसहितको ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न कठिनाइ हुने अनुमान गरिएको छ ।' पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति हुन नपाएको हो ।
पहिरो खसेको भन्ने जानकारी आए पनि क्षतिको यकिन विवरण भने नआएको जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 'पहिरो खसेको भन्ने सूचना आएको छ,' उनले भने, 'प्रहरीको टोली घटनास्थलतर्फ पठाइसकेका छौँ, थप विवरण भने प्राप्त हुन बाँकी नै छ ।' बेनिघाट-आरुघाट-आरखेत-लार्के सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा कडा चट्टानका कारण नेपाली सेनाले पहाड ब्लास्टिङ गरेर सडक निर्माण गरेको हो ।

एसएसपी अधिकारी पशुपतिनाथ सफाइ अभियानमा सहभागी

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

प्रतिक्रिया