ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौँ- सरकारले ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिए ।
मन्त्री पुनले आगामी आर्थिक बर्ष राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने, प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याउने लक्ष्य राखिएको बताए । भारत हुँदै आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने उनले जानकारी दिए ।
उनले सुख्खायामको मागलाई पूर्ति गर्न बूढीगण्डकी, दुधकोशी र नलसिंगगाढ जलाशययुक्त जलविद्युत् आयोजना र नौमुरे आयोजनाको निर्माण कार्य अघि बढाउने बताए ।

तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

प्रतिक्रिया