आईटी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने

काठमाडौँ- सरकारले सूचना प्रविधि सम्बन्धी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले यस्तो बताएका हुन् ।
काठमाडौं र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्क बनाउने उनले बताए । त्यस्तै त्यहाँ आईटी कम्पनीहरूलाई तीन वर्षसम्म निःशुल्क वर्कस्टेसन बनाउने बताए ।
ती आईटी पार्कमा आईटी उद्योगका लागि सबै किसिमको पूर्वाधार उपलब्ध हुने बताएका छन् ।
स्वदेशमा उत्पादित सफ्टवेयर सरकारी निकायले प्राथमिकतासाथ प्रयोग गर्ने उनले जानकारी दिए ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइन विद्युत् विस्तार

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

घरेलु उद्योगबाट सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिजको २२ वर्षको यात्रा

प्रतिक्रिया