बजेट ठीक दिशातर्फ उन्मुख छ : स्वर्णीम वाग्ले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान ठीकै रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सरकारद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१ / ८२ को बजेटबारे प्रतिक्रिया दिँदै उनले सरकारले खर्च गर्छु भनेका क्षेत्रले रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्ने मूल प्रश्न रहेको छ भने । उनले भने, 'यसमा अर्थमन्त्रीलाई अलिकति शङ्काको लाभ दिन चाहन्छु । पाँच वटा प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रको पनि सहयोग लिएर काम गर्न सकिएमा आर्थिक उन्नतिका लागि टेवा दिन्छ ।'
बजेटले प्रक्षेपण गरेजस्तो मात्रामा आन्तरिक ऋण उठाउनु नपर्ला भन्ने अनुमान सरकारले गरेको हुनसक्ने प्रतिक्रिया दिँदै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा वाग्लेले सिँचाइ र कृषि क्षेत्रका लागि विनियोजित बजेटले यस क्षेत्रको विकासका लागि केही योगदान दिन्छ भन्ने आफूलाई लागेको बताए । सरकारले आगामी वर्ष पर्यटक आगमन १६ लाख पुर्याउने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियादेखि विभिन्न पर्यटकीय पदमार्गहरूको विषय बजेटमा समेट्नु सकारात्मक रहेको उनको भनाइ छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया